सुनगाभा सैनामैना गोल्डकप : अभिषेक चर्च सेमिफाइनलमा प्रवेश

फाल्गुन २१, २०८१

सन्जु पौडेल

Sunagava Sainamaina Gold Cup: Abhishek Church enters semi-finals

तिलोत्तमा — सुनगाभा सैनामैना गोल्डकपमा बुधबारको खेलबाट अभिषेक चर्च नवलपुर  सेमिफाइनलमा प्रवेश  गरेको छ । उसले सशस्त्र पुलिस क्लब लाई २-१ ले हराएको हो ।

खेल सुरु भएको २ मिनेटमै अभिषेक चर्चका सूचित बुढाथोकीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको ११ औं मिनेटमा सशस्त्रका भरत कपालीले गोल गरे । दुवै टिमले राम्रो प्रदर्शन गरे पनि गोल रक्षकले गोल हुनबाट जोगाइरहेका थिए ।

खेलको दोस्रो हाफमा अभिषेक चर्चका शक्ति गुरुङले गोल थप्दै टिमलाई २-१ को अग्रता दिलाए । सशस्त्र  बाट  अर्को प्रहार हुन नसकेपछि अभिषेकले खेल जित्यो । खेलमा उत्कृष्ट खेलेका अभिषेक चर्च नवलपुरका खेलाडी सुजित बुढाथोकी म्यान अफ द म्याच घोषित भए ।  बिहीबारको खेल महावीर क्लब काठमाडौँ र हनामी बीएफसी चितवनबीच हुने खेल संयोजक अशोक खड्काले बताए ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले  ७ लाख  र  दोश्रो हुने टिमले ४ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully