निस्ट, आर्या र राजश्री सेमिफाइनलमा

फाल्गुन २१, २०८१

कान्तिपुर संवाददाता

Nist, Arya and Rajshree in the semi-finals

काठमाडौँ — आयोजक भक्तपुर निस्ट स्कुल ‘ए’ तेस्रो निस्ट कपअन्तर्गत जुनियर गर्ल्स बास्केटबलमा बुधबार सेमिफाइनल पुगेको छ ।

घरेलु कोर्टमा निस्ट ‘ए’ ले माउन्ट भ्यूलाई ३१–१८ स्कोरले पराजित गर्‍यो । ओम ज्ञान मन्दिरले निस्ट ‘बी’ लाई १३–८ र आर्या एकेडेमीले श्री सञ्जय साइ विद्यामन्दिरलाई १४–१० स्कोरले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

सिनियर ब्वाइजमा निस्टले जनप्रेमी वर्ल्ड स्कुललाई ४१–२२ र राजश्री गुरुकुलले एभरेस्टलाई ४१–२५ ले हराएर सेमिफाइनलमा स्थान बनाए ।

जुनियर ब्वाइज फुटबलमा मल्पीले सञ्जय साइलाई ५–०, आर्याले हाइली क्रिएटिभलाई टाइब्रेकरमा ३–१ र नेक्सस एकेडेमीले निस्टलाई १–० गोलले हराएर सेमिफाइनलमा तय गरेका छन् ।

कान्तिपुर

Link copied successfully