हाइली र सुनगाभा क्वाटरफाइनलमा

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

Hailey and Sungabha in the quarterfinals

काठमाडौँ — हाइली क्रिएटिभ र गोल्डेन सुनगाभा तेस्रो निस्ट कपअन्तर्गत जुनियर ब्वाइज फुटबलमा मंगलबार क्वाटरफाइनल पुगेका छन् ।

आयोजक निस्ट स्कुलमा भइरहेको प्रतियोगितामा हाइली क्रिएटिभले विद्यावाणी पाठशालालाई २–० र सुनगाभाले त्रियोगलाई ४–१ गोलले पराजित गरे । मल्पी स्कुलले एभरेस्ट पब्लिकलाई ७–२ तथा श्री सञ्जय साइ विद्यामन्दिरले गेटवे एकेडेमीलाई टाइब्रेकरमा २–१ गोलले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

यससँगै क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनलमा मल्पीले श्री सञ्जय साइ, गोल्डेन सुन्गाभाले वेदाङ्ग, आर्या एकेडेमीले हाइली क्रिएटिभ तथा नेक्सस एकेडेमीले निस्टको सामना गर्नेछ ।

बास्केटबलको सिनियर ब्वाइजमा क्वाटरफाइनल समीकरण पूरा भएको छ । जनप्रेमी वर्ल्डले निस्ट, राजश्री गुरुकुलले एभरेस्ट, टीआईएले गेटवे र बौद्धस्कुलले तपोभूमिविरुद्ध खेल्नेछ ।

कान्तिपुर

Link copied successfully