नेपालगन्ज — मुख्यमन्त्री कोहलपुर गोल्डकपको समिफाइनल समीकरण पूरा भएको छ । मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पराजित गर्दै काँक्रेविहार फुटबल क्लब सेमिफाइनल पुगेको हो । काँक्रेविहारले घानालाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।
निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमार्फत नतिजा निकालिएको थियो । रोमाञ्चक पेनाल्टीमा काँक्रेविहारले घाना फुटबल क्लबलाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।
यसअघि प्लानिङ व्वाइज युनाइटेड क्लब काठमाडौं, कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँके र राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल प्रवेश गरिसकेका छन् । सेमिफाइनलका खेल बुधबार हुनेछन् ।
कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा घाना र भारतसहित आठ टिमको सहभागिता थियो । प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख र द्वितीयले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
