सुदूरपश्चिम स्पोर्ट्स अवार्ड चैत ७ मा

फाल्गुन १९, २०८१

अर्जुन शाह

Sudurpaschim Sports Awards on Chait 7

धनगढी — सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१ चैत ७ गते आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले छैटौं संस्करणको अवार्डको मिति सोमबार घोषणा गरेको हो । 

२०८१ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सफलता प्राप्त गरेका सुदूरपश्चिमका खेलाडी र प्रशिक्षकलाई विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले बताए ।

अध्यक्ष पाठकका अनुसार अवार्डको मुख्य प्रवर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । मुख्य प्रबर्द्धन सम्बन्धी सम्झौता पत्रमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन् । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully