काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार १० खेलाडीमा सीमित रियल सोसिडाडलाई ४–० ले हराएको छ र फेरि शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई उछिनेको हो । उसको ५७ अंक भएको छ।
एटलेटिको भने ५६ अंकमा छ । यस्तै रियल म्याड्रिड ५४ अंकमा तेस्रोमा छ । स्टाडियो ओलम्पिक लुइस कम्पनीमा भएको खेलमा बार्सिलोनाका लागि जेरार्ड मार्टिन, मार्क कसाडो, रोनाल्ड एराजो र रोबर्ट लेवनडोस्कीले गोल गरे ।
पराजित सोसिडाड ३४ अंकमा सीमित रहेर नवौं स्थानमा छ । अन्य खेलमा ओसासुना र भ्यालेनिसयाले ३–३ को रोमाञ्चक बराबरी खेलेका छन् । रियल मार्लोका र एलाभेसबीचको खेल पनि १–१ को बराबरीमा समाप्त भएको छ ।
