फरक झण्डा देखेर म सानैदेखि नेपालप्रति उत्सुक थिएँ : बुफोन

फाल्गुन १८, २०८१

कान्तिपुर संवाददाता

Seeing the different flag, I was curious about Nepal since childhood: Buffon

काठमाडौँ — विश्व फुटबलका लिजेन्ड जियानलुगी बुफोन नेपालप्रति सधैं उत्सुक रहेको बताएका छन् । केपी ओली कपको फाइनल हेर्न आएका बुफोनले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफू नेपाल पहिलो पल्ट आएको बताएका हुन् । 

सधैं नै नेपाल आउने चाहना रहेको उल्लेख गर्दै उनले भने, 'नेपाल पहिलोपल्ट आएको हुँ । फेरि फर्केर आउनेछु र घुम्नेछु ।' आइतबार नेपाल आएका उनी सोमबार केपी ओली कपको फाइनल हेर्नेछन् । उनले भने, 'फाइनलमा राम्रो म्याच हेर्न चाहन्छु ।' केपी ओली कप फुटबलको फाइनलमा मच्छिन्द्र र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

Seeing the different flag, I was curious about Nepal since childhood: Buffonसंसारका महान गोलरक्षकमध्ये एक रहेका बुफोनले व्यावसायिक फुटबलमा ११ सयभन्दा बढी खेल खेलेका छन् । तीमध्ये सबैभन्दा बढी सिरी 'ए' मै उनले आफ्नो उत्कृष्ट गोलकिपिङ प्रदर्शन गरेका छन् । सन् १९९५ मा उनले पार्माबाट सिरी 'ए' डेब्यु गरेका थिए भने सिनियर करियरको अन्त्य पनि उनले पार्माबाटै गरेका छन् ।

Seeing the different flag, I was curious about Nepal since childhood: Buffonसन् २०२१ देखि २०२३ सम्म ४३ म्याच खेले । क्लबतर्फ उनले ७५४ म्याच खेले  । त्यस्तै अन्तर्राष्ट्रियतर्फ सन् १९९३ मा यू-१६ टिमबाट इटालीका लागि डेब्यु गरेका उनी २०१८ सम्म देशका लागि खेले ।

Seeing the different flag, I was curious about Nepal since childhood: Buffonसन् १९९८, २००२, २००६, २०१० र २०१४ को विश्वकप प्रतियोगिताका इटालीका सदस्य थिए उनी । सन् १९९८ को विश्वकपमा भने उनी बेन्चमै थिए । सन् २००६ मा इटाली विश्वविजेता बन्दा बुफोनको उत्कृष्ट प्रदर्शन रहेको थियो ।

कान्तिपुर

Link copied successfully