जुयिनर फुटबलमा निस्ट विजयी

फाल्गुन १७, २०८१

कान्तिपुर संवाददाता

NIST wins in juyiner football

काठमाडौँ — आयोजक भक्तपुर निस्ट स्कुलले तेस्रो निस्ट कपअन्तर्गत जुनियर ब्वाइज फुटबलमा शनिबार जित पाएको छ । निस्टले नव सुन्ताखानलाई ९–० गोलले पराजित गर्‍यो ।

नेक्सस एकेडेमीले जनप्रेमी वर्ल्ड स्कुललाई २–० र गोल्डेन सुन्गाभाले श्री सञ्जय साइ विद्यामन्दिरलाई २–१ गोलले हराए ।

बास्केटबलको सिनियर ब्वाइजमा जनप्रेमीले जोन डेवीलाई १६–६ तथा टीआईएले एभरेस्टलाई ३७–१८ ले हराए । सिनियर गर्ल्समा निस्टले तपोभूमिलाई ३५–२० ले पन्छायो । जुनियर गर्ल्समा सञ्जय साइले हिमालयलाई १०–३ तथा एभरेस्टले मोर्डन स्कुललाई ७–५ ले पराजित गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully