काठमाडौँ — बायर्न म्युनिकले शनिबार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३–१ ले पराजित गरेको छ । सुरुमा एक गोलले पछाडि रहेको बायर्न पुर्नआगमन जित रचेपछि उसको उपाधि यात्रा अझ सजिलो बनेको छ ।
स्टुटगार्ट एन्गेलो स्टिलरको गोलले अगाडि रहेको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिस, लियो गोनेटज्का र किङसली कोमनले गोल गरे । यो जितपछि बायर्नको ६१ अंक भएको छ ।
यो बायर्न लेभरकुजनमाथि ११ अंकको ठोस अगता हो । एक खेल कम खेलेको लेभरकुजनको ५० अंक रहेको छ । शनिबार लेभरकुजनले फ्रायन्कफर्टको सामना गर्दै छ र शीर्षसँगको अन्तर घटाउने अवसर हुनेछ ।
शनिबार नै स्पेनी ला लिगामा रियल भालाडोलिडले लास पाल्माससँग १–१ को बराबरी खेले । यस्तै इटालीको सिरी ए मा फियोरेन्टिनाले लेचेलाई १–० ले पराजित गर्यो । फ्रान्सेली लिग वानमा मोनाकोले रेन्सलाई ३–० ले हरायो ।
