व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान 

फाल्गुन १६, २०८१

कान्तिपुर संवाददाता

Angela Gris left to play professional football

काठमाडौँ — अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान  एन्जिला तुम्बापो सुब्बा आज ग्रिस प्रस्थान गरेकी छिन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)  प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा,  र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरेका हुन् । 

एन्जिलाले ग्रिसमा निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलिरहेकी छन् । 

यही फागुन १४ गते भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भएको थियो । प्रतियोगितामा यी दुई टोलिसँगै लेबनान र कीर्गिस्तानको सहभागिता थियो ।

कान्तिपुर

Link copied successfully