काठमाडौँ — नेपालकी नम्बर वान टेनिस खेलाडी अभिलाषा विष्ट र इजरायलकी सपिर कोहेनको जोडी दक्षिण अफ्रिकामा भइरहेको डब्लूटिए प्रिटोरिया टेनिस प्रतियोगिताको महिला डबल्सतर्फ सेमिफाइनल पुगेको छ ।
उनीहरूको जोडीले क्वाटरफाइनलमा अमेरिकाकी सिरया अटुरु र भारतकी अस्मिता इस्वारामुर्थीको जोडीलाई ६–७, ६–४, १०–४ को सेटमा पराजित गरेको थियो । त्यसअघि अभिलाषा र सपिरको जोडीले दक्षिण अफ्रिकाका मिया लेह सिल्लर्स र नाद्जा वाल्टरको जोडीलाई ६–०, ६–१ को सोझो सेटमा हराएको हो ।
सेमिफाइनलमा अभिलाषा र सपिरको जोडीले जर्मनीकी भिभेन सन्दवर्ग र नेडरल्यान्ड्सकी भान प्रोपेलको सामना गर्नेछन् । यो प्रतियोगिताको पुरस्कार राशि १५ हजार अमेरिकी डलरको हो ।
