नाफामा भेट्रान्स गोल्डकप

फाल्गुन १५, २०८१

लक्ष्मी गौतम

Veterans Gold Cup at Profit

पाँचथर — फिदिममा सम्पन्न दोस्रो फिदिम गोल्डकपमा ४ लाख ७७ हजार ९ सय रुपैयाँ नाफा भएको आयोजकले जनाएको छ ।

गोल्डकपको आयोजक पाँचथर भेट्रान्स क्लबले बिहीबार फिदिममा पत्रकार सम्मेलन गर्दै गोल्डकपको आय–व्यय सार्वजनिक गरेको हो ।

दोस्रो फिदिम भेट्रान्स गोल्डकप गत माघ ९ देखि १२ गतेसम्म सम्पन्न भएको थियो । प्रतियोगिता सञ्चालनका लागि सरकारी,गैरसरकारी र व्यक्तिगत रुपमा प्राप्त सहयोग गरी १२ लाख ९३ हजार १ सय १ रुपैयाँ आम्दानी र ८ लाख १५ हजार २ सय १ रुपैयाँ खर्च हुँदा ४ लाख ७७ हजार ९ सय रुपैयाँ नाफा भएको आयोजक फिदिम भेट्रान्स क्लबका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।

बचत रहेको रकम परोपकारी काममा खर्च गर्ने आयोजकले बताएका छन् ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully