कोशी प्रिमियर लिग : भोक्राहा र नमुना उपाधिलाई भिड्ने

फाल्गुन १५, २०८१

अर्जुन सुवेदी

Koshi Premier League: Bhokraha and Nadmal compete for the title

सुनसरी — कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा भोक्राहा नरसिंह अर्नाज र नमुना ब्लास्टर भिड्ने भएका छन् । 

बिहीबार लिगको आफ्नो अन्तिम खेलमा भोक्राहाले पूर्वेली सुपर किङ विराटनगरलाई १० रनले पराजित गरेको हो । खलिल आजाद क्रिकेट मैदानमा बिहीबार पहिलो खेलमा टस जितेको भोक्राहाले २० ओभरमा ६ विकेट गुमाई १ सय ६१ रन बनायो । सन्दीप ढुंगानाले ७९ रन जोडे । ५६ बल खेलेका उनले ४ छक्का र ६ चौका प्रहार गरे । कप्तान अंकित सुवेदीले २४, आयुष्मान बमले १३ र समीर कार्कीले १० रन बनाए । पूर्वेलीका दिनेश अधिकारीले ४ विकेट लिए । उनले २४ रन खर्चिए । मुकुन्द यादव र इमरान शेखले १–१ विकेट लिए ।

जवाफमा ललित राजवंशीको टिम पूर्वेलीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रनमात्र बनाउन सक्यो । अर्जुन साउदले ३ चौका र ३ छक्का मदतमा ३६, चिराग शाहले ३४ र मुकुन्द यादवले २७ रन बनाए । भोक्राहाका शेर मल्लले १४ रन खर्चेर ४ विकेट लिए । रोहन शाह र सिद्धान्त ढुंगानाले २–२ विकेट लिए । भोक्राहा र नमुनाबीचको उपाधी भिडन्त शनिबार हुनेछ ।

विजेताले ५ लाख र उपविजेताले ३ लाखसहित ट्रफी जित्नेछ । बिहीबारै अन्तिम खेलमा एनबीएससी लायन बिराटनगरले सान्त्वना जित पाएको छ । लगातार पाँचौं खेल हारेको टोलीले अन्तिम खेलमा दुहबी क्यापिटलमामाथि ७१ रनको जित निकालेको हो । विनोद भण्डारी, लोकेश बम, विवेक यादवसम्मिलित दुहबीको यो लगातार छैटौं हार हो ।

अर्जुन

Link copied successfully