आदर्शलाई हिसान फुटबल उपाधि

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

Hisan football title to Adarsh

सुनसरी — आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले प्रथम हिसान कोशी फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । हिसान सुनसरीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आदर्शले बिर्तामोडकै निधि सेकेन्डरी स्कुललाई ४–० गोलले हरायो ।

इटहरी रंगशालामा आदर्शका लागि रायन भट्टराईले ह्याट्रिक गरे । नितेश साम्बा लिम्बुले एक गोल थपे । रायन म्यान अफ द म्याच भए । आदर्शका प्रशान्त दुलाल उत्कृष्ट गोलकिपर, क्षितिज अधिकारी उत्कृष्ट डिफेन्डर, समिर हेमरन उत्कृष्ट फरवार्ड घोषित भए ।

निधि सेकेन्डरीका दिवस बाँस्तोला सर्वोत्कृष्ट खेलाडी भए । विवश मगर उत्कृष्ट मिडफिल्डर भए । झापा, मोरङ र सुनसरी जिल्लाका ६ शिक्षालय सहभागी थिए । जिल्ला फुटबल संघ सुनसरीको संयोजनमा सम्पन्न स्पर्धाका विजेतालाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्रदेश अध्यक्ष ज्ञानकुमार खड्कालगायतले पुरस्कृत गरे ।

कान्तिपुर

Link copied successfully