काठमाडौँ — नेपाली कांग्रेसका नेता स्व. भीमबहादुर तामाङको १३औं स्मृति दिवसको अवसर पारेर प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। कांग्रेस दोलखा प्रदेश ‘क’ले आयोजना गर्ने प्रतियोगिता चैत १३ गते सुरु हुनेछ।
कांग्रेस दोलखा प्रदेश क्षेत्र नम्बर ‘क’का सभापति शुक्रराज तामाङका अनुसार प्रतियोगिता बैतेश्वर गाउँपालिका-२ मिर्गे लहरेमानेमा हुनेछ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने तामाङले जानकारी दिए। प्रतियोगिता चैत १६ गते सम्पन्न हुनेछ।
