प्यालेस र चेल्सीको प्रभावशाली जित

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

Impressive wins for Palace and Chelsea

काठमाडौँ — क्रिस्टल प्यालेस र चेल्सीले इंग्लिस प्रिमियर लिगमा मंगलबार प्रभावशाली जित हात पारेका छन् । प्यालेसले एस्टन भिल्लालाई ४–१ ले पराजित गर्‍यो भने चेल्सीले साउथह्याम्पटनलाई ४–० ले हराएको हो ।

प्यालेसको जितमा इस्माल सारले दुई गोल गरे र ३६ अंकमा १२ औं स्थानमा रह्यो । भिल्ला भने ४२ अंकमा दसौं स्थानमा छ । चेल्सी भने ४६ अंकमा लिग तालिकाको शीर्ष चारमा उक्लिन सफल रह्यो ।

यससँगै चेल्सीले आफ्नो तीन खेलको हारको क्रममा पनि पूर्ण विराम लगाएको छ । उसका लागि क्रिस्टोफर एनकुन्कु, पेड्रो नेटो, लेभी कोलविल र मार्क कुकुरेलाले गोल गरे ।

अन्य खेलमा ब्राइटनले बर्नमाउथलाई २–१ ले पन्छायो भने फुलहमले उल्भ्समाथि २–१ कै जित रच्यो । 

कान्तिपुर

Link copied successfully