बास्केटबल फाइनलमा गण्डकी र तेजस्वी भिड्ने

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

Gandaki and Tejashwi clash in the basketball final

काठमाडौँ — गण्डकी र तेजस्वी एकेडेमी आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार फाइनल पुगेका छन् ।

तार्केश्वर नगरपालिकास्थ्ति ल्यान्डमार्क एकेडेमीमा भएको सेमिफाइनलमा गण्डकीले बेलमाउन्टलाई ३२–१३ स्कोरले पराजित गर्‍यो । गण्डकीको जितमा कलश भुजेलले १० स्कोर गरे । रविन श्रेष्ठको ११ स्कोरमा तेजस्वीले नवोदितलाई ४६–३३ ले हरायो ।

टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) को आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर गर्ल्समा बेलमाउन्ट र ल्यान्डमार्क उपाधिका लागि भिड्नेछन् ।

बेलमाउन्टले ह्वाइट हेभेनलाई २२–१४ ले हरायो । बेलमाउन्टकी समिक्षा मगरले १० स्कोर गरिन् । ल्यान्डमार्कले संस्कृति शिक्षा सदनलाई २९–१२ ले हराउँदा सगुनी देवकोटाले ९ स्कोर जोडिन् । फाइनल बिहीबार हुनेछ ।

कान्तिपुर

Link copied successfully