बार्सिलोना र एटलेटिकोबीच रोमाञ्चक बराबरी

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

Exciting tie between Barcelona and Atletico

काठमाडौँ — बार्सिलोना र एटलेटिको म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा मंगलबार ४–४ को रोमाञ्चक बराबरी खेलेका छन् । एटलेटिकोले सुरुमा दुई गोलले अग्रता लिएपछि दुई गोलले पछाडि रहेको स्थितिमा बराबरी खेलेको हो ।

डिएगो सिमोनीको एटलेटिकोका लागि सुरआती छ मिनेट भित्र जुलियन एल्भारेज र एन्टोन ग्रिजमनले गोल गरे । त्यसपछि बार्सिलोनाका तर्फबाट पेड्रि गोन्जालेज, पउ कुबरसी, इनिगो मार्टिनेज र रोबर्ट लेवनडोस्कीले गोल गरे ।

खेलको अन्त्यतिर मार्कोस लोरेन्ट र एलेक्जान्डर सोरिथले गोल गरे । अब अप्रिल २ मा मेट्रोपोलिटानो स्टेडियममा दोस्रो लेगको सेमिफाइनल हुनेछ । अब बुधबार अर्को सेमिफाइनल पहिलो लेगमा रियल म्याड्रिड र रियल सोसिडाड भिड्दै छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully