अशोकले बुल्गेरिया ओपन तेक्वान्दो खेलाउने  

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

Ashok will play Bulgaria Open Taekwondo

काठमाडौँ — नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले बुल्गेरियामा हुने विश्व वरीयताको जी टुअन्तर्गत बुल्गेरिया ओपन तेक्वान्दो च्याम्पियनसिपको निर्णायक गर्ने भएका छन् ।

यही मार्च १ देखि ३ सम्म बुल्गेरियाको सोफियामा हुने च्याम्पियनसिपमा उनले ग्यारोगी र पुम्से दुवैमा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । उनी दुवैको अन्तर्राष्ट्रिय निर्णँयक हुन् । त्यसका लागि उनी बिहीबार त्यसतर्फ जानेछन् ।

विश्व तेक्वान्दो, बुल्गेरिया तेक्वान्दो फेडेरेसन र बुल्गेरियन ओलम्पिक कमिटीको संयुक्त आयोजनामा हुने च्याम्पियनसिपमा १७ सय भन्दा बढी तेक्वान्दो खेलाडीको सहभागिता रहने जनाइएको छ । स्पर्धामा ओलम्पियक तथा विश्व च्याम्पियन खेलाडीको समेत सहभागिता रहनेछ । उनीस“ग बुल्गेरियामा सन् २०२२ मा भएको बुल्गेरिया ओपन र सन् २०२३ भएको वल्र्ड च्याम्पियनसिप खेलाएको अनुभव पनि छ ।

विश्व वरीयताका ५० भन्दा बढी प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका खड्का नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष हुन् ।  

कान्तिपुर

Link copied successfully