धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज सेज 

फाल्गुन १३, २०८१

कान्तिपुर संवाददाता

Spain's Martinez Sage as the head coach of Dhangadhi

काठमाडौँ — धनगढी एफसीले नेपाल सुपर लिगको आगामी सिजनका लागि जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । स्पेनिस प्रशिक्षकसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव छ । प्रशिक्षकसँग यूईएफए प्रो लाईसेन्स छ । 

धनगढी एफसीको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै जुआन म्यानुएल मार्टिनेज सेजले मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘यो अवसरका लागि म निकै नै खुशी छु । फुटबलका फ्यानहरूका लागि अविस्मरणीय सिजन बनाउन स्पेनिस स्वादसँग नेपाली फुटबल शैलीलाई संयोजन गर्ने प्रयास गर्नेछौं ।’ 

‘धनगढी एफसीको यो प्रयासले धनगढी र यहाँको खेलकुदलाई युरोपसम्म जोडेर विश्वव्यापीकरण गरेका छौं । यो नेपाली खेलकुदलाई विश्वभरी चिनाउने सञ्जालको एउटा महत्वपूर्ण खुट्किलो हो ।’ 

धनगढी एफसीका अध्यक्ष सुवाश शाहीले भने, ‘एनएसएलको तेस्रो संस्करण्मा जुआन म्यानुएल मार्टिनेज सेजको नेतृत्वमा धनगढी एफसीलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास लिएका छौं ।’

कान्तिपुर

Link copied successfully