बास्केटबलको क्वाटरफाइनल समीकरण

फाल्गुन १३, २०८१

कान्तिपुर संवाददाता

Basketball's quarterfinal equation

काठमाडौँ — आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) को आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइज र गर्ल्स दुवैमा क्वाटरफाइनल समीकरण तयार भएको हो ।

सिनियर ब्वाइजमा बेलमाउन्टले ह्वाइट हेभेन, तेजस्वी एकेडेमीले इडिफाइ, स्वर्णदीपले गण्डकी र स्वेता सदनले नवोदितविरुद्ध खेल्नेछन् ।

गर्ल्सको क्वाटरफाइनल तेजस्वी र बेलमाउन्ट, ल्यान्डमार्क र लर्निङ जोन, ह्वाइट हेभेन र काठमाडौं लिटिल ब्लोसम स्कुल (किब्स) तथा संस्कृति शिक्षा सदन र स्वर्णदीपबीच प्रतिस्पर्धा हुनेछ ।

कान्तिपुर

Link copied successfully