बार्सिलोनालाई एट्लेटिकोको चुनौती

फाल्गुन १३, २०८१

कान्तिपुर संवाददाता

Atletico's challenge to Barcelona

काठमाडौँ — बार्सिलोना र एट्लेटिको मड्रिड स्पेनिस फुटबलका शीर्षस्थ टोलीहरु हुन् । स्पेनिस ला लिगामा १ अंकको दूरीमा रहेका यी दुई टोली स्पेनिस कप सेमिफाइनलको पहिलो लेगमा भिड्दैछन । उक्त खेल स्पेनको, एस्टाडियम ओलम्पिक लुइस कम्पनी, बार्सिलोनामा मंगलबार राति हुनेछ । 

बार्सिलोनाका मुख्य प्रशिक्षक हान्सी फ्लिकको विश्वास छ कि उनको टोलिले यस सिजन एट्लेटिको म्याड्रिडसँगको ला लिगाको हारबाट सिक्न आवश्यक छ र कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा फेरि भेट्दा गोलको अग्रता सहित आगाडि बड्नु आवश्यक रहेको बताए । 

एट्लेटिकोले गएको डिसेम्बरमा २–१ को जितसहित बार्सामाथि १८ बर्षमा पहिलो ‘अवे’ जित हात पारेको थियो भने आयोजकले सुरुआती क्षणमा हावी रहेर पहिलो गोल गरेता पनि हारबाट जोगिन भने सकेको थिएन । बार्साको घरेलु मैदान नो क्याम्पमा हुन गइरहेको यस भिड्न्तको एक दिन अगाडि पत्रकार सम्मेलनमा फ्लिकले भने, ‘यो नयाँ खेल हो हामिले यो प्रमाणित गर्नुपर्छ । एट्लेटिको एक उत्कृष्ट टोली हो, तिनीहरूले धेरै पैसा लगानि गरेका छन । तिनीहरूसँग उत्कृष्ट डिफेन्डर र उत्कृष्ट आक्रमणक खेलाडीहरू छन् ।  यो एक कठिन खेल हुन गइरहेको छ ।’

उनले अगाडि भने, ‘हामीले गोल गर्ने अवसरलाई सदुपयोग गर्नुपर्छ, महत्वपूर्ण कुरा गोल गर्नु हो र हामीले यो मनमा राख्नुपर्छ कि यो दुई खेल हो र एक मात्र होइन ।’

यामलको चोट अपडेट

शनिबार लास पाल्मासमा २–० को जितपछि १७ वर्षीय विङगर लामाइन यामलले सोमबारको प्रशिक्षण गुमाएका थिए । फ्लिकले यामललाई उपलब्ध गराउने आशा राखेका छन् । डानी ओल्मोले पहिलो गोल गर्दा पास उपलब्ध गराएका यामलले पाल्माससँगको खेलपछि रगतले लतपतिएको बायाँ खुट्टाको तस्विर इन्स्टाग्राममा पोस्ट गरेका छन् ।

‘हामीले उसले खेल्न सक्छ कि भनेर कुर्नु पर्छ, डाक्टरले हामीलाई भनेको कुराबाट म स्थिति सकारात्मक देख्छु र उनी हामीसँग भएको चाहन्छौं,’ फ्लिकले खुलासा गरे । मिडफिल्डर ओल्मो जनवरीमा चोटबाट निको भएर आउपछि ८० मिनेटसम्म खेल्न सक्ने भएको जनाएका छन् । आरबी लाइपजिगबाट क्लोज सिजनमा बार्सिलोनामा आवद्ध भएपछि २२ खेलमा सात गोल र तीन असिस्ट गरेका ओल्मोले लास पाल्मासमाथिको जितमा बेन्चबाट गोल गरेका थिए ।

एट्लेटिको मड्रिडका प्रबन्धक डिएगो सिमोनीले आफ्ना खेलाडीहरूलाई अर्को हप्ता च्याम्पियन्स लिगमा रियल मड्रिडको सामना गर्ने क्रममा एक समयमा एक खेलमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । पाँच साताको फरकमा एट्लेटिकोले युरोपको सर्वाधिक सफल क्लबविरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६ मा दुई लेगको भिडन्त र ला लिगामा बार्सासँगको अर्को भेट गर्दैछ । 

‘हामी उत्साहित छौं, हामी प्रतिस्पर्धा गर्न चाहन्छौं, प्रत्येक खेललाई सम्भव भएसम्म राम्रो तरिकाले सामना गर्न र हामी भोलिको खेलमा मात्र केन्द्रित छौं भन्ने कुरा हासिल गर्न चाहन्छौं,’ सिमोनीले भने, ‘यो एक धेरै महत्त्वपूर्ण खेल हो, तर यो भोलि समाप्त हुदैन, यसलाई दुई चरणमा विभाजन गरिएको छ, एउटा उनीहरूको होम कोर्टमा र अर्को हाम्रो ।’ 

सिमोनीले ला लिगाका शीर्ष टोलीविरुद्धको लडाईमा आफूले अपेक्षा गरेकोमा दुःख भोग्न तयार रहेको जनाएका छन् । ‘ठूला टोलीहरूको सामना गर्दा प्रतिरोध गर्न, पीडा सहन गर्न तयार हुनुपर्दछ,’ सिमोनीले भने, ‘त्यहाँ प्रत्येक पक्षका लागि राम्रो क्षणहरू हुनेछन् र तपाईंले ती फाइदा लिन आवश्यक छ । हामी एक विपक्षी भए पनि मलाई तिनीहरूको खेल्ने तरिका मनपर्छ । उनीहरूसँग ठूलो आक्रमण गर्ने शक्ति छ र हामी उनीहरूलाई चोट पुर्याउने प्रयास गर्नेछौं, जहाँ हामी सोच्दछौं कि हामी सक्छौं ।’- एजेन्सीहरुको सहयोगमा

विवेक कार्की (प्रशिक्षार्थी)

कान्तिपुर

Link copied successfully