काठमाडौँ — स्टार खेलाडी नवयुग श्रेष्ठले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा पोखरा थन्डर्सबाट खेल्ने भएका छन् । पोखराले आइतबार नवयुग पोखराबाट खेल्ने जानकारी दिएको छ ।
पोखराका राम थापाको स्थानमा नवयुग खेल्ने क्लबका अध्यक्ष तथा प्रबन्धक जाम्लिङ घलले जानकारी दिए ।
राष्ट्रिय टोलीमा लामो समय खेलेको अनुभव भएका उनलाई पोखरामा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको घलेले बताए ।
नवयुग शनिबार भएको मिनी अक्सनमा अनसोल्ड भएका थिए । नवयुग एनएसएलको पहिलो सिजनमा पोखराका मार्की खेलाडी रहेका थिए ।
