लास पाल्मासमाथि बार्सिलोनाको झिनो अन्तरको जित

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

Barcelona win by a narrow margin over Las Palmas

काठमाडौँ — डानी ओल्मो र फेरान टोरसले गरेको गोल मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार लास पाल्मासमाथि २–० को झिनो अन्तरको जित निकालेको छ । यो जितपछि बार्सिलोना अंक तालिकाको शीर्षमा पनि उक्लेको छ ।

यसअघि एटलेटिको म्याड्रिडले भ्यालेन्सियालाई सजिलै ३–० ले हराएको थियो र केही समयका लागि शीर्ष स्थान कब्जा गरेको थियो । तर बार्सिलोनाले फेरि एटलेटिकोलाई उछिनेको हो ।

एटलेटिकोको जितमा जुलियन अल्भारेजले पहिलो हाफमा दुई गोल गरे । खेलको अन्त्यतिर एन्जेल कोरेआले तेस्रो गोल थपे । लिग तालिकामा बार्सिलोनाको ५४ अंक छ भने एटलेटिको एक अंकको दूरीमा रह्यो । रियल म्याड्रिड ५१ अंकमा तेस्रो स्थानमा छ । 

कान्तिपुर

Link copied successfully