खडगबहादुरले जिते दसौं प्रधानसेनापति म्याराथन

फाल्गुन १०, २०८१

कान्तिपुर संवाददाता

Khadag Bahadur won the 10th Prime Minister's Marathon

काठमाडौँ — आर्मीका धावक खडगबहादुर खड्काले प्रधानसेनापति खुला म्याराथनको दसौं संस्करण जितेका छन् ।

शनिबार राजधानीमा आयोजित प्रतियोगितामा खडगबहादुरले २ घन्टा १७ मिनेट २० सेकेन्डमा दुरी पार गरी उपाधि जितेका थिए ।

हाफ म्याराथनतर्फ आर्मीकी मुकेशबहादुर पालले १ घन्टा ०४ सेकेन्ड ४१ सेकेन्डमा पूरा गरी उपाधि जिते । महिला हाफ म्याराथनमा धादिङकी सन्तोषी श्रेष्ठ च्याम्पियन भइन् । सन्तोषीले १ घन्टा १७ मिनेट ०४ सेकेन्डमा दुरी पूरा गरेकी थिइन् । उनले गत साता पोखरा हाफ म्याराथन र त्यसका एक साताअघि काठमाडौंमा प्रोटिन हाफ म्याराथन जितेकी थिइन् ।

विजेता खडगबहादुरले याहामा मोटरसाइकल र नगद पुरस्कार जितेका छन् । हाफ म्याराथन विजेताद्वय स्कुटर र नगद पुरस्कार जिते ।  

Khadag Bahadur won the 10th Prime Minister's Marathon

कान्तिपुर

Link copied successfully