लेस्टरमाथि ब्रेन्टफोर्डको एकपक्षीय जित

फाल्गुन १०, २०८१

कान्तिपुर संवाददाता

Brentford's one-sided win over Leicester

काठमाडौँ — ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीमाथि शुक्रबार एकपक्षीय जित रचेको छ ।

किङ पावर स्टेडियममा भएको खेलमा ब्रेन्टफोर्ड ४–० ले विजयी रह्यो । यो हारले लेस्टरको रेलिगेसनबाट बच्ने संघर्ष अझ कठिन भएको छ ।

लेस्टर १७ अंकमा पुछारबाट दोस्रो स्थानमा छ । ब्रेन्टफोर्डको भने ३७ अंक भएको छ र १० औं स्थानमा छ । आफ्नो घरेलु मैदानमा लेस्टरको यो लगातार छैटौं हार हो । यी सबै हारमा लेस्टरले एक गोल पनि गर्न सकेको छैन ।

यस्तै लेस्टर पछिल्ला ११ खेलमध्ये १० मा पराजित रहेको छ । ब्रेन्टफोर्डका लागि भने योना विसा, ब्रायन एमबुमो, क्रिस्टियन नोरगार्ड र फाबियो कारभेल्होले गोल गरे ।

यसैबीच शनिबारका अन्य खेलमध्ये स्पेनी ला लिगामा सेल्टा भिगोले ओसासुनालाई १–०, जर्मन बुंडेसलिगामा फ्रेबर्गले वेडर ब्रेमनलाई ५–०, इटालीको सिरी ए मा युडिनेजीले लेचेलाई १–० तथा फ्रान्सेली लिग वानमा रेनेसले रेम्सलाई १–० ले हरायो ।

कान्तिपुर

Link copied successfully