काठमाडौँ — टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) को आयोजनामा आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबार सुरु हुँदै छ ।
प्रतियोगितामा सिनियर ब्वाइज र गर्ल्समा गरी २५ टिम सहभागी हुनेछ । सिनियर ब्वाइजमा १५ तथा गर्ल्समा १० टिमको सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलनमा टप्सका ईसीए को–ओर्डिनेटर थिरबहादुर बस्नेतले बताए ।
प्रतियोगिता गर्न करिब २ लाख रुपैयाँ खर्च हुने टप्सका सचिव सुरज पोखरेलले बताए । सम्पूर्ण खर्च ल्यान्डमार्क एकेडेमीले बेहोर्ने को–ओर्डिनेटर बस्नेतले जनाए ।
खेलहरू ल्यान्डमार्क एकेडेमीको कोर्टमा खेलाइने छ ।
