राजनले दिल्ली म्याराथनमा प्रतिस्पर्धा गर्ने

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

Rajan will compete in the Delhi Marathon

काठमाडौँ — नेपाली खेलकुद क्षेत्रका उदयमान धावक राजन चौधरी आउँदो दिल्ली म्याराथनमा सहभागी हुने भएका छन् । दौड आइतबार हुनेछ ।

राजनले १६ औँ काठमाडौँ म्याराथनमा समग्रमा दोस्रो स्थान हासिल गरेका थिए। उनले २ घण्टा ३९ मिनेटमा दौड पूरा गरेका थिए। उनी नेपाली धावकमध्ये पहिलो भएका थिए। 

काठमाडौँ म्याराथनको आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले राजनलाई प्रोत्साहन स्वरूप दिल्ली म्याराथनमा सहभागी सम्पुर्ण व्यवस्थाप मिलाएको हो ।

कान्तिपुर

Link copied successfully