काठमाडौं रेजर्सले गर्‍यो तीन खेलाडी ‘रिटेन’

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

Kathmandu Razors retained three players

काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) को पूर्व विजेता काठमाडौं रेजर्सले अबका नयाँ संस्करणका लागि तीन खेलाडी ‘रिटेन’ गर्ने निर्णय गरेको छ । त्यस अनुसार काठमाडौंले ‘ए’ समूहबाट दीपेश गुरुङलाई टिममा आवद्ध कायम राख्ने निर्णय गरेको हो ।

यस्तै काठमाडौंले ‘बी’ समूहबाट अभिषेक बराल र कुलदीप कार्कीलाई ‘रिटेन’ गर्ने निर्णय गरेको हो । प्रतियोगिताको खेलाडी ‘अक्सन’ शनिबार हुँदैछ र त्यस अगाडि काठमाडौंको यो निर्णय बाहिर आएको हो ।

काठमाडौंले २०७८ मा भएको पहिलो संस्करणको उपाधि फाइनलमा धनगढी एफसीलाई हराएर जितेको थियो । दोस्रो संस्करणमा भने काठमाडौं प्ले–अफसम्म पुग्न सफल रहेको थियो । यसपल्टको तेस्रो संस्करण चैतमा सुरु हुने घोषणा भइसकेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully