काठमाडौँ — सूर्योदय सेकेन्डरी बोर्डिङले धाविका सन्तोषी श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । सन्तोषीलाई १० हजारसहित प्रशंसापत्रबाट सम्मान गरिएको हो ।
सूर्योदयका संस्थापक भवानी केसी र संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर केसीले ओलम्पियन सन्तोषीलाई सम्मान गरे । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता धाविका हुन् ।
उनले भर्खरैमात्र पोखरा हाफ म्याराथन र प्रोटिन हाफ म्याराथन जितेकी थिइन् ।
