काठमाडौँ — हिलारी र बेस्ट ग्रुप भिजन नवौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनल पुगेका छन् । दुवै टिम पेनाल्टी शुटआउटमा विजयी भएका छन् ।
पहिलो सेमिफाइनलमा हिलारीले ग्रिन विचलाई २–० गोलले पराजित गर्यो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो ।
अर्किडको आयोजनमा भइरहेको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बेस्ट ग्रुपले हाइली क्रिएटिभलाई ४–३ गोलले हरायो । निर्धारित समयमा दुवैले १–१ गोलको बराबरी खेलेका थिए । फाइनल शनिबार हुनेछ ।
