काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम बुटवल लुम्बिनी फुटबल क्लबले नयाँ मुख्य प्रशिक्षकको रूपमा भुटानका पुष्पलाल शर्मालाई शुक्रबार नियुक्त गरेको छ ।
एनएसएलको तेस्रो संस्करणमा टिमको जिम्मेवारी शर्मालाई दिइएको हो । एएफसी प्रो लाइसेन्स प्राप्त शर्मा यसअघि भुटानको पारो एफसीका प्रमुख प्रशिक्षक तथा प्राविधिक निर्देशकका रूपमा कार्यरत थिए ।
बुटवलले अबको प्रतियोगिताका लागि मिडफिल्डर एरिक विष्ट, फरवार्ड निराजन धामी र डिफेन्डर सरोज तामाङलाई रिटेन गरिसकेको छ ।
यसैगरी बुटवलले विंगर मनीष डाँगीलाई मार्की खेलाडीका रूपमा भित्र्याएको छ ।
