हिलारी छात्र फुटबलको सेमिफाइनलमा

फाल्गुन ८, २०८१

कान्तिपुर संवाददाता

Hillary students in the football semi-finals

काठमाडौँ — हिलारी बिहीबार नवौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा सेमिफाइनल पुगेको छ ।

हिलारीले लिम्पियालाई २–१ गोलले पराजित गर्‍यो । हिलारीबाट दुवै गोल प्रीतम यादवले गरे । लिम्पियाका सर्जन बुढाले १ गोल फर्काए ।

अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनमा भइरहेको प्रतियोगितामा बेस्ट ग्रुप भिजनले न्यु स्टार पोललाई टाइब्रेकरमा ३–२ गोलले हराएर सेमिफाइनल तय गर्‍यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगियो । ग्रिनविच पनि सेमिफाइलनमा पुगेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully