सम्झना कप टेबलटेनिस हुने

फाल्गुन ७, २०८१

कान्तिपुर संवाददाता

Memory Cup will be table tennis

काठमाडौँ — ललितपुर टेबलटेनिस क्लबले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता फागुन १२ देखि गर्ने भएको छ । कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने प्रतियोगितालाई क्लबले पूर्णशंकर श्रेष्ठ, नेपाली घर र सांग्रिला विकास बैंकसँग प्रायोजनसम्बन्धी सम्झौता गरेको छ ।

नेपाली भान्सा घरका अपरेसन म्यानेजर सुजन तण्डुकार, पूर्णशंकर श्रेष्ठ र आयोजक क्लबका उपाध्यक्ष नीरज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपाल र भारतका गरी ४ सय २ खेलाडीले ९ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । 

कान्तिपुर

Link copied successfully