काठमाडौँ — माउन्ट सेबले नवौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।
माउन्ट सेबले हाइल्यान्डलाई ३–० गोलले पराजित गर्यो । माउन्ट सेबका ऋनव प्रधान, सन्जल दाहाल र अन्जल केसीले १–१ गोल गरे ।
आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलमा भइरहेको प्रतियोगितामा कौस्तुभ एकेडेमी, हिलारी, ग्रिनविच, ग्रिनविच र हाइली क्रिएटिभले आ–आफ्नो खेल जिते ।
कौस्तुभ एकेडेमीले श्रमशीललाई २–० गोलले हरायो । विजेताका मोनिस गुरुङ र युकेश पौडेलले १–१ गोल गरे । हिलारीले ग्लोबललाई ३–० गोलले हरायो । हिलारीका सिद्धार्थ सुवेदीले २ र प्रीतम यादवले १ गोल गरे ।
ग्रिनविचले पिक प्वाइन्टलाई पेनाल्टी शुटआउटमा ३–२ ले पन्छायो । हाइली क्रिएटिभले ग्रामरमाथि ४–० को सहज जित दर्ता गर्यो । हाइलीबाट चारै गोल युवराज दाहालले गरे ।
