सम्झनाकप टेबल टेनिस अर्को साता

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

Memorial Cup Table Tennis next week

काठमाडौँ — ललितपुर टेबल टेनिस क्लबको आयोजनामा कुल पाँच लाख २३ हजार रुपैयाँ पुरस्कार राशिको सातौं सम्झनाकप अन्तर्राष्ट्रिय टेबल टेनिस अर्को साता हुने भएको छ । लैनचोरको राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता फागुन १२ देखि १७ सम्म चल्नेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक सम्झना ल्याबोरेटोरी क्लिनिक रहेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारीअनुसार कुल ४ सय २ खेलाडीको सहभागिता रहनेछ । त्यसमा भारतका ८५ पुरुष र ४८ महिला खेलाडी रहेका छन् ।

कुल नौ विधामा प्रतिस्पर्धा हुनेछ । त्यसमा पुरुष र महिला एकल तथा पुरुष र महिला टिम स्पर्धा प्रमुख रहेका छन् । पुरुष र महिला एकलका विजेताले ५० हजार रुपैयाँ हात पार्नेछन् । पत्रकार सम्मेलनका त्रममा विभिन्न संस्थासँग प्रायोजनको सम्झौता पनि गरिएको थियो ।

अन्य प्रमुख प्रायोजकमा ठमेलको नेपाली घर, हिरा ट्रेड कर्न्सन, भ्याली स्पोर्टस हाउस, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन र सांग्रीला डेभलपमेन्ट बैंक रहेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully