इटहरी आदर्श विजयी

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

Itahari Adarsh ​​wins

सुनसरी — इटहरी आदर्श जायन्टसले कोशी प्रिमियर लिग क्रिकेटमा दुहबी क्यापिटल्समाथि ३ विकेटको रोमाञ्चक जित पाएको छ । दुहबीले दिएको १ सय ४५ रनको लक्ष्य आदर्शले अन्तिम बलमा ७ विकेट गुमाई पूरा गरेको थियो ।

अन्तिम एक बलमा १ रन आवश्यक हुँदा दीपेश कँडेलले चौका प्रहार गरेका थिए । फिर्दोस अन्सारीसँग पाटनरसिप गरेका दीपेशले नटआउट १२ रन बनाए । फिर्दोष ४३ रनमा अविजित रहे । भीम सार्की २४, गुलसन झा २३, रशिद खान २३ र अर्जुन घर्तीले १९ रन जोडे । त्यसअघि टस हारेको दुहबीले २० ओभरमा ४ बिकेट गुमाएर १ सय ४४ रन बनायो । 

दुहबीका लोकेश बम र तृतराज दासले ४३–४३ रन जोडे । लोकेशले ३ छक्का र ४ चौका प्रहार गरे । 

कान्तिपुर

Link copied successfully