हिमाली र रिलायन्स बास्केटबल फाइनलमा

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

Himali and Reliance in the basketball final

काठमाडौँ — आयोजक हिमाली स्कुल र रिलायन्स रेसिडेन्सियल प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा मंगलबार फाइनलमा पुगेका छन् ।

घरेलु कोर्टमा हिमालीले ग्रिन लन्सलाई १९–१३ ले पराजित गर्‍यो । हिमालीकी जस्तिना लामाले ९ स्कोर जोडिन् । रिलायन्सले क्यान्भासलाई ३८–११ ले हरायो । रिलायन्सकी एलिसा तामाङले २० स्कोर गरिन् ।

सिनियर ब्वाइजमा ज्ञान निकेतनले हेम्सलाई ६०–४० र विल्सन एकेडेमीले हिमालीलाई ७४–६० ले हराएर उपाधि भिडन्त पक्का गरे । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले ३० र विल्सनलका रेहान डंगोलले ३२ स्कोर जोडे ।

जुनियर ब्वाइजमा सम्भावीले हिमालीलाई ३४–२० र ग्रिन लन्सले सनसाइनलाई ३६–२७ ले हराएर फाइनलमा स्थान सुरक्षित गरे । फाइनल बुधबार हुनेछ ।

कान्तिपुर

Link copied successfully