एरिका के–वान लिग खेल्न दुबईतिर  

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

Erica to Dubai to play K-One League

काठमाडौँ — एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ के–वान युथ लिग कराते च्याम्पियनसिप खेल्न मंगलबार दुबई गएकी छन् । एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा खेल्ने छिन् ।

एरिकासहित ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरे । प्रशिक्षकमा अमिर राना तथा अफिसियलमा सविना श्रेष्ठ छन् । फेब्रुअरी २० देखि २३ सम्म हुने प्रतियोगितामा ८७ राष्ट्रका २ हजार ३ सय ८२ खेलाडीको सहभागिता रहनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully