थ्री बाई थ्री कर्पोरेट बास्केटबल

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

Three by three corporate basketball

काठमाडौँ — भाटभटेनी सुपरमार्केट थ्री बाई थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता फागुन १७ र १८ गते आयोजना हुने भएको छ । एरो सोलुसनअन्तर्गत रहेको गेटसेटगेम कम्पनीले आयोजना गर्न लागेको प्रतियोगिता माम्बा स्पोर्टस सेन्टर बुद्धनगरमा सञ्चालन हुनेछ । 

दोस्रो सिजनमा हुन लागेको प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउने छन् । गत सिजनको विजेता इजी सर्भिसेस र उपविजेता भाटभटेनी सुपरमार्केटसहितका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताबाट एउटा समूहबाट दुई टोली क्वार्टरफाइनल पुग्ने छन् । 

एरो सोलुसनका प्रवन्ध निर्देशक राजजंग थापाले दोस्रो सिजनको प्रतियोगिता अझ वृहत बनाउन लागिएको जनाए । 

कान्तिपुर संवाददाता

Link copied successfully