कप्तान किरणलाई मनास्लु सम्मान

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

Respect to Captain Kiran

काठमाडौँ —  मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङ लिम्बूलाई सम्मान गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजित कार्यक्रममा खेलक्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै किरणलाई मनास्लु खेलाडी सम्मान–२०८१ बाट सम्मान गरिएको हो ।

मनास्लुले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई पनि सम्मान गरेको थियो । राजेन्द्र बानियाँलाई मनास्लु सञ्चारकर्मी सम्मान, अनुराधा कोइरालालाई मनास्लु समाजसेवी सम्मान र प्रा.डा. बालचन्द्र लुइँटेललाई मनास्लु शिक्षासेवी सम्मानबाट सम्मानित गर्‍यो ।

उनीहरूलाई उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, मनास्लुका अध्यक्ष गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठलगायतले दोसल्ला र प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।

कान्तिपुर

Link copied successfully