आयुषले पोखरा थन्डर्सको कप्तानी गर्ने 

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

Ayush will captain Pokhara Thunders

काठमाडौँ — आयुष घलानले नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सको कप्तानी गर्ने भएका छन् । पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले उनलाई कप्तानको जिम्मेवारी सुम्पेका हुन् । 

अघिल्लो सिजन पोखराका लागि उत्कृष्ट प्रदर्शन गरेका आयुषले यो सिजन पोखराको नेतृत्व गर्न लागेका हुन् । आयुष एनएसएलको पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट पोखरामा अनुबन्ध भएका थिए । दोस्रो सिजनमा उनी पोखराको मार्की खेलाडी रहेका थिए । 

आयुषले कप्तानको जिम्मेवारी पाउँदा खुसी लागेको बताएका छन् । । ‘मलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिएकोमा पोखरा थन्डर्सलाई धन्यवाद दिन चाहन्छु । मैले पोखरालाई सफलता दिलाउन भरपुर मेहनत गर्नेछु,’ आयुषले भनेका छन् ।  

आयुषले अघिल्लो सिजन पोखराबाट खेल्दै २ गोल गरेका थिए । पोखराले यसअघि आफ्नो प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरिसकेको छ । पोखराले आफ्नो मार्की खेलाडी भने मंगलबार सार्वजनिक गर्ने जनाएको छ । 

कान्तिपुर

Link copied successfully