राजेन्द्र, मुकेश र अनिताका टिमलाई उपाधि

फाल्गुन ४, २०८१

कान्तिपुर संवाददाता

Title to the team of Rajendra, Mukesh and Anita

काठमाडौँ — राजेन्द्र वज्राचार्य, मुकेश महर्जन र अनिता महर्जनले छैटौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।

टिम इभेन्टको स्पर्धामा मात्र प्रतिस्पर्धा भएको प्रतियोगिताको फाइनलमा राजेन्द्र, मुकेश र अनिताको टोलीले रवीन्द्र शाक्य, हरिप्रसाद खरेल र राम महर्जनसम्मिलित टोलीलाई २–१ सेटले पराजित गरे ।

इन्टरटेन्मेन्ट टेबलटेनिस टुर्नामेन्ट ललितपुरद्वारा आयोजित प्रतियोगितामा किरण ब्यञ्जन्कार, डिकेन महर्जन र चिरीकाजी ब्यञ्जनकार तेस्रो भए ।

पहिलो हुनेलाई थाइल्यान्डको ५ दिनको पूरा प्याकेज, दोस्रोलाई पोखराको ३ दिनको पूरा प्योकज र तेस्रोलाई होनर एक्स ५ मोबाइल पुरस्कारस्वरुप प्रदान गरिएको थियो ।

बुल्स क्लबमा भएको एकदिने प्रतियोगितामा ४४ समूहका १ सय ३२ खेलाडी सहभागी थिए । एक टिममा पुरुष/महिला समावेश हुन पाउने गरी ३ खेलाडी राख्न पाउने प्रावधान थियो । टिममा तीन डबल्स खेल भएको थियो ।

विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आयोजक इन्टरटेन्मेन्टका अध्यक्ष एवं अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, अखिल नेपाल टेबलटेनिस संघका र महासचिव कुँवेर सिंहलगायतले पुरस्कृत गरे । आयोजक इन्टरटेन्मेन्टले १२ जना यू–१८ का खेलाडीलाई प्रोत्साहनस्वरुप करिब ८० हजार मूल्यबराबरको खेल सामग्री प्रदान गरेको थियो ।

कान्तिपुर

Link copied successfully