काठमाडौँ — थाइल्यान्डको च्याङमाईमा भइरहेको २९ औं थाइल्यान्ड मास्टर्स एथलेटिक्स मिटमा नेपालले दुई पदक जितेको छ । नेपालका लागि मास्टर्सतर्फ यो विशेष उपलब्धि हो ।
नेपालका खेलाडी कृष्णप्रसाद सिग्देलले लङ्जम्पतर्फ रजत पदक जितेका थिए । नेपाली टोलीका व्यवस्थापक भैरव शाहीका अनुसार अर्को पदक गीर्वाणविक्रम शाहले जितेका हुन् । उनले १५ सय मिटर दौडमा कांस्य जितेका थिए ।
