काठमाडौँ — नवौं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता शनिबार शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुहिटीमा सम्पन्न भएको छ ।
नेपाल एकायन कराते संघ कंकेश्वरी शाखा केन्द्रको आयोजनामा भएको प्रतियोगिता महिलातर्फ ६ र पुरुषतर्फ तौल समूहमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा काठमाडौंका विभिन्न विद्यालयका १ सय ३७ एकायन कराते खेलाडीको सहभागिता थियो ।
छात्रा ३० केजीमुनिमा सविज्ञा परियारले स्वर्ण, इन्दिरा तामाङले रजत र सन्जिता तामाङले कांस्य, ३५ केजीमुनि रेखा रोकायाले स्वर्ण, समिक्षा वाइबाले रजत र सविना तामाङले कांस्य पदक जिते ।
४० केजीमुनि दीपशिखा खत्रीले स्वर्ण, शान्ति समृद्धि शाहीले रजत र शिला तामाङले कांस्य, ४५ केजीमुनि सम्झना तामाङले स्वर्ण, शोभा नेपालीले रजत र विपना घिसिङले कांस्य, ५० केजीमुनि समूहमा सपना गोपालीले स्वर्ण, आयुषा परियारले रजत र युनिका लिम्बूले कांस्य पदक तथा खुला तौल समूहतर्फ विनिता थिङले स्वर्ण, एन्जेल शेर्पाले रजत र खुशी तामाङले कांस्य जिते ।
पुरुषतर्फ २५ केजीमुनिमा लविन कार्की, कविर तामाङ र फुर्वा शेर्पा, ३० केजीमुनि शान्ति निकुञ्जका विवेश जैसी, दीपशिखाका मिपाङ थापा र सोचन गुरुङ तथा ३५ केजीमुनि उज्वल इङ्नाम प्रथम, गौतम सुनुवार र यसहाङ इङ्नाम क्रमशः स्वर्ण, रजत र कांस्य जित्न सफल भए ।
४० केजीमुनि प्रविन श्रेष्ठ, सुजन दनुवार र सुजन थापा मगर, ४५ केजीमुनि सुजन तामाङ, इभान बुढामगर र अर्विन यादव, ५० केजीमुनि पवन तामाङ, क्रिस ठाडामगर र प्रदीप बुढा, ५० केजीमुनि रोहित श्रेष्ठ, सुवास नेपाली र प्रविन मगर तथा खुला तौल समूहमा विवेश रोकाया, मनीष राई र हेमन्त शाक्य क्रमशः स्वर्ण, रजत र कांस्य जित्न सफल भए ।
