लोयल्टी एकेडेमी क्वाटरफाइनलमा

फाल्गुन ३, २०८१

कान्तिपुर संवाददाता

Loyalty Academy in the quarterfinals

काठमाडौँ — आयोजक लोयल्टी एकेडेमी ‘बी’ शनिबार १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

घरेलु मैदानमा लोयल्टी ‘बी’ ले रिलायन्स स्कुललाई २–० र जगत मन्दिरलाई १–० गोलले पराजित गर्दै समूह ‘डी’ विजेता बन्यो । क्वाटरफाइनलमा लोयल्टी ‘बी’ को भेट होलीगार्डेनसँग हुनेछ ।

हिमालयन स्कुलले त्रिज्योतिलाई २–० तथा दुईपटकको विजेता लिटिल एन्जल्सले होलीगार्डेनलाई ४–१, लोयल्टी ‘सी’ लाई ६–० र फेरिल्यान्ड स्कुललाई ७–० गोलले हराए ।

जगत मन्दिरले रिलायन्सलाई २–१ तथा होलीगार्डेनले लोयल्टी ‘सी’ लाई ४–० गोलले हराए । फेरिल्यान्डले लोयल्टी ‘सी’ सँग गोलरहित र होली गार्डेनसँग १–१ गको बराबरी खेल्यो ।

आइतबार हुने क्वाटरफाइनल समीकरण पूरा भएको छ । चेल्सी वर्ल्डले गेट्वे एकेडेमी, इस्टपोलले हिमालयन र लिटिल एन्जल्सले जगत मन्दिरविरुद्ध खेल्नेछन् ।  

कान्तिपुर

Link copied successfully