टाइम्स दोस्रोपल्ट एनबीसी च्याम्पियन

फाल्गुन १, २०८१

कान्तिपुर संवाददाता

Times NBC Champion for the second time

काठमाडौँ — टाइम्स ‘ए’ ले दोस्रो अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा टाइम्सले राइभल पाकिस्तानलाई २१–१७ स्कोरले हराएर लगातार दोस्रो पटक उपाधि जित्यो ।

नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा भएको प्रतियोगितामा टाइम्स ‘ए’ का सदीश प्रधान सर्वोत्कृष्ट खेलाडी भए । टाइम्सले सेमिफाइनलमा राइभल इन्डियालाई २१–१३ ले र पाकिस्तानले आर्मी ‘बी’ लाई २१–१८ ले पराजित गरेका थिए ।

प्रतियोगितामा नेपालबाट २४, बंगलादेशबाट ४, भारतबाट ३ र पाकिस्तानबाट १ टिम सहभागी थिए । विजेतालाई नेपालका लागि  कतारी राजदूत मिसाल विन मोहम्मद अल अन्सारी, सांसद सोविता गौतम, बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, बास्केटबलको आधिकारिक पोसाक वितरक लिनिङका संस्थापक राजेन महर्जनले पुरस्कृत गरे ।

कान्तिपुर

Link copied successfully