काठमाडौँ — टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि उचालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार टाइन्स ‘ए’ ले राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै लगातार दोस्रो पटक उपाधि जित्यो ।
नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा सम्पन्न दोस्रो संस्करणमा टाइम्स ‘ए’ का सदिस प्रधान सर्वाेत्कृष्ट खेलाडी घोषित भए । पहिलो सेमिफाइनलमा राइभल इन्डियालाई टाइम्स ‘ए’ ले २१–१३ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा राइभल पाकिस्तानले आर्मी ‘बी’ लाई २१–१८ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
यसअघि क्वार्टरफाइनलमा टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’, राइभल इन्डियाले आर्मी ‘ए’, होउन्ड्सले आर्मी ‘बी’ तथा राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गरेका थिए । प्रतियोगितामा नेपालबाट २४, बंगलादेशबाट चार, भारतबाट तीन र पाकिस्तानबाट एक टिम सहभागी सहभागी थिए ।
