काठमाडौँ — जेम्स तारकोवस्कीले ९८ औं मिनेटमा गरेको गोल मदतले एभरटनले इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई २–२ को बराबरीमा रोकेको छ । गुडसन पार्कमा भएको अन्तिम मर्सिसाइड डर्बी तनावपूर्ण रह्यो रह्यो र खेल अवधिमा चार रातो कार्ड देखाइएको थियो ।
बराबरीमा रोकिए पनि लिभरपुलले लिग तालिकाको शीर्षमा सात अंकको अग्रता खोलेको छ । बेटोको गोलले एभरटनले सुरुआती अग्रता लिएपछि लिभरपुलका लागि एलेक्स म्याक एलिस्टर तथा मोहमद सलाहले गोल गरे र टिम जिततर्फ अग्रसर देखिएको थियो ।
तर त्यो पूरा भएन् । मैदानमा रहेका मध्ये एभरटनका एबडोलाये डोकोर र लिभरपुलका कर्टिस जोन्सलाई रातो कार्ड देखाएको थियो । यस्तै लिभरपुल प्रशिक्षक आर्ने स्लट र उनका सहायक सिप्क हुलसफलाई पनि रातो कार्ड देखाएको थियो ।
अबको नयाँ सिजन एभरटनले ५३ हजार दर्शक क्षमताको नयाँ ब्रामली मुर डक रंगशालामा खेल्नेछ । उसले सन् १८९२ देखि खेल्दै आएको गुडसन पार्कबाट बिदा लिन लागेको हो ।
