प्रितमले जिते कायाकको स्वर्ण

माघ ३०, २०८१

कान्तिपुर संवाददाता

Pritam won gold in kayak

काठमाडौँ — नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा भएको १३ औं राष्ट्रिय कायाक स्लालम प्रतियोगिता  फिस्लिङस्थित त्रिशूली नदीमा सकिएको छ ।

चितवनका प्रितम गुरुङले स्वर्ण पदक जिते । उनले १२३.३२ अंकसहित स्वर्ण जितेका हुन् । दोस्रो स्थानमा रहेका गोरखाका रविन चेपाङ १५०.६१ अंकसहित रजत र तेस्रो स्थानमा रहेका चितवनकै विक्रम गुरुङ १५४.४५ अंकका साथ कास्य जित्न सफल भए । विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाए ।

विजेतालाई नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङका संघका वरिष्ठ उपाध्यक्ष सूर्य जोशी, संघका महासचिव सुदीप गौतम, कोषाध्यक्ष महेश थापालगायतले पुरस्कार वितरण गरे । वरिष्ठ प्रशिक्षक निमबहादुर मगरले बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए । दुई दिने प्रतियोगिताको अन्तिम चरणमा २ महिलासहित ३८ खेलाडीको सहभागिता थियो । त्रिशूली नदीमा ६ अपस्ट्रिम गेटसहित १३ गेटमा प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए ।   

कान्तिपुर संवाददाता

Link copied successfully